अनुसन्धानमुखी शिक्षामा जोड
भक्तपुर, १८ भदौ। शुक्रबार आयोजित एक कार्यक्रममा अनुसन्धानमुखी शिक्षामा जोड दिइएको छ।
बासु उच्च माविको आयोजनामा विज्ञान शिक्षकबीचको छलफल कार्यक्रममा बोल्दै नेपाल प्राध्यापक समाजका संयोजक एवम् बासु उमाविको व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले विद्यार्थीलाई खोजी खोजी सिक्ने वातावरण बनाउनुपर्ने विचार राख्नुभयो।
परियोजना कार्य एवम् केस स्टडी प्रतिवेदन लेख्न विद्यार्थीलाई उत्साहित गर्न सकिने भन्दै अध्यक्ष गोसाईको धारणा थियो।
कार्यक्रममा विद्यालयका प्राचार्य अम्विका न्याइच्याई, सहप्राचार्य लक्ष्मीभक्त लासिवालगायत शिक्षक शिक्षिकाले आ–आफ्नो धारणा राख्नुभएको थियो।
|