September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सर्वसुलभ उपभोक्ता सहकारीमा समीक्षा

भक्तपुर, १८ भदौ। सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि. कमलविनायक, भक्तपुरको  आर्थिक वर्ष २०७२।०७३ को प्रगति प्रतिवेदन माथि समीक्षा गरियो। बैठकमा संस्थाका सल्लाहकार कृष्णभक्त लवजूले शेयर सदस्यहरूले आफ्नो लगानी भएको पसलबाट नै खरीद गर्ने बानी विकास गर्नुपर्ने र प्रारम्भिक वर्षबाट नै संस्था नाफामूलक रुपमा अगाडि बढेकोमा सन्तुुष्टि मान्नुपर्ने बताउनुभयो।  

बैठकका सभापति एंव संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजूले आ.व.२०७२।०७३ को प्रगति विवरण प्रस्तुत गर्दै संस्थाले शेयर सदस्यहरूको भन्दा स्थानीय उपभोक्ताको विश्वास जित्नसक्नु राम्रो मान्नुपर्छ भन्नुभयो। 

कार्यक्रममा संस्थाका सचिव नारायणमान बनमालाले पनि बोल्नुभएको थियो। हालसम्म सो संस्थामा २३१ जना शेयर सदस्यहरू भई सेवा उपभोग गरी आएका छन्। संस्थाको आ.व २०७२।०७३ असार मसान्तसम्म रु.चार करोड दस लाख बराबरको कूल कारोवार रहेको छ। संस्थाले शुद्ध तथा गुणस्तरीय खाद्य तथा उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आइरहेको छ।