September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सिके राउत रिहाई माग गर्दै डा.भट्टराईले दुई वर्षअघि गरेको टि्वट भाइरल

काठमाडौं, २० माघ। नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले दुई वर्षअघि गरेको टि्वट बिहीबार सामाजिक सञ्जालमा भाइरल भएको छ। तराईमा बसेर राष्ट्र बिखण्डनका गतिविधि गरिरहेका राउतलाई प्रहरीले बिहीबार पक्राउ गरेपछि धेरैले डा.भट्टराईको दुई वर्षअघिको टि्वटको आलोचना गरिरहेका छन्। 

राउतलाई २०७१ भदौमा प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गरेको थियो। त्यतिबेला नेता भट्टराईले टि्वट गर्दै भनेका थिए, 'सिके राउतको विचारसँग हामी सहमत हुन सक्दैनौं तर उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ। उनलाई तुरुन्त रिहा गरियोस्।' 

प्रहरीले पहिला जस्तै बिहीबार राउतलाई राजद्रोहको अभियोगमा पक्राउ गरेको छ। जनकपुरबाट पक्राउ गरी प्रहरीले उनलाई सिराहा पुर्‍याएको छ। 

राउत पक्राउबारे यो पटक डा.भट्टराईले कुनै प्रतिवि्र्कया सार्वजनिक गरेका छैनन्।