November 19, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

प्रदेश नं. २ का विभिन्न स्थानीय तहमा नेमकिपाको उम्मेदवारी

भक्तपुर, २१ भदौ। असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका निम्ति प्रदेश नं. २ का ८ जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ।  

प्राप्त जानकारीअनुसार सिराहाको लाहान गरपालिकामा प्रमुख पदमा विजयकुमार महतो र उपप्रमुख पदमा इन्नरदेवी मुसहरनी, भगवानपुर गाउँपालिकाको अध्यक्षमा उमेशकुमार यादव, उपाध्यक्षमा बुचनीदेवी धनुगाइँ, ४ नं. वडामा शत्रुधन यादवको नेतृत्त्वमा पुरै प्यानल, सुखीपुर नगरपालिकाको प्रमुखमा राजकुमार पासवान र उपप्रमुखमा निलमदेवी पासवान, कल्याणपुर नगरपालिकाको प्रमुखमा रामेश्वर साह र उपप्रमुखमा दललियादेवी साह, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा चन्देश्वरप्रसाद सिंह तथा गोलबजार नगरपालिकाको प्रमुख पदमा काशिन्दर यादवले नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुभएको छ।  

सर्लाहीको लालबन्दी नगरपालिकाको प्रमुख पदमा सन्तोष गौतम, ईश्वरपुर नगरपालिकाको प्रमुख पदमा रोहिणीध्वज लामा, ७ नं वडा वडाध्यक्ष पदमा किसुनदेन शर्माको नेतृत्वमा पूरै प्यानल, १२ नं. वडामा सिताराम थापाको नेतृत्वमा पूरै प्यानलले उम्मेदवारी दिएको छ।  

त्यस्तै सर्लाहीकै चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा रामाकान्त कापड, वडा नं. ६ मा  लक्ष्मण मेहता नेतृत्वको पूरै प्यानलले उम्मेदवारी दिएको छ।  

रौतहटको गरूडा नगरपालिकाको प्रमुखमा लालबाबुप्रसाद चौधरी, उपप्रमुखमा गान्धीदेवी राययादव, ६ नं. वडाको वडाध्यक्षमा गिन्ती साह, समनपुर नगरपालिकाको प्रमुखमा अनुठा साह, देवाही गोनाही नगरपालिकाको प्रमुखमा शेख अमरुल हक, उपप्रमुखमा लालसादेवी साह, ३ नं. वडाको वडाध्यक्षमा दिनेशप्रसाद साहको नेतृत्वको प्यानलले उम्मेदवारी दिएको छ भने माधवनारायण नगरपालिकाका प्रमुखमा वैद्यनाथप्रसाद चौधरी, उपप्रमुखमा रोहिणीदेवी साह र वडा नं. १ को वडाध्यक्षमा रञ्जुदेवी साह, चन्द्रपुर नगरपालिकाको प्रमुखमा मुकेश मिश्रले उम्मेदवारी दिनुभएको छ।  

पर्साको पोखरिया नगरपालिकाको उपप्रमुखमा इस्लाम मिया र वडा नं. ९ को वडाध्यक्षमा रामायण ठाकुर हजाम, वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ को वडाध्यक्षमा अम्मानुला अन्सारी, जगरनाथपुर गाउँपालिका वडा नं. ४ को वडाध्यक्षमा ऐनुल खातुन तथा धोविनी गाउँपालिकाको वडा नं. ३ को वडाध्यक्षमा साहेव मिया तेलीको नेतृत्वमा प्यानलै उम्मेदवारी दिइएको छ। 

त्यस्तै पर्साकै सरबुबा पस पुसौनी गाउँपालिकाको अध्यक्षमा ब्रह्मदेव महत्तो थारू, उपाध्यक्षमा हसन तारा खातुन तथा वडा नं. ४ मा सौकत अलि अन्सारीको नेतृत्वमा पूरै प्यानल उम्मेदवारी दिइएको छ।  

बारा जिल्लाको कलैया नगरपालिकाको प्रमुखमा रेञ्जुदेवी साह, उपप्रमुखमा मुक्तिप्रसाद यादव र वडा नं. ५ मा सुमान मिया, वडा नं. ६ मा हरिनारायण साह, वडा नं. ७ मा शम्भु साह टेली, वडा नं. ८ मा मुख्तार आलम, वडा नं. ११ मा रजनी नुनिया र वडा नं १२ मा सोनालालप्रसाद साहको नेतृत्वमा पूरै प्यानल उम्मेदवारी दिइएको छ।  

सप्तरीको हनुमाननगर नगरपालिकाको प्रमुखमा कुसुमललाल मण्डल, उपप्रमुखमा सुदोदेवी मण्डल र वडा नं. १० को वडाध्यक्षमा राजाराम मण्डलसहितको पूरै प्यानलले मादल चुनाव चिह्नका साथ उम्मेदवारी दिएको छ।  

त्यस्तै कञ्चनपुर नगरपालिकाको प्रमुखमा सन्तोषकुमार यादव, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा रामविलास मण्डल, उपाध्यक्षमा उत्तमदेवी खङ्ग, वडा नं. ७ मा दिपुकुमार यादव र वडा नं. ६ मा ललन रायको नेतृत्वमा पूरै प्यानलले उम्मेदवारी दिएको छ।