November 19, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

'जनताको विश्वास संस्थाको प्रगतिको आधार'

भक्तपुर, २४ भदौ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपाका प्रमुख सुनिल प्रजापतिले शनिबार समय साकोसको छैटौं साधारणसभा उद्घाटन गर्नुभयो।  

कार्यक्रममा उहाँले पारदर्शिता र इमानदारीता संस्था विकासको महत्त्वपूर्ण पक्ष रहेको चर्चा गर्दै जनताको विश्वासको संस्थाको प्रगतिको मुख्य आधार हुने बताउनुभयो।  

नगर प्रमुख प्रजापतिले आर्थिक लेनदनेमा मात्र संस्था सीमित भएर सहकारीको उद्देश्य पूरा नहुने बताउँदै सदस्यहरूको हितमा सीपमूलक तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउन सहकारीले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनभयो।  

भक्तपुर नगरलाई ज्ञानविज्ञानको केन्द्र र सफा सहर बनाइ पर्यटकीय गन्तव्यस्थल बनाउन जनप्रतिनिधिहरू लागिपरेको उहाँले बताउनुयभो।  

भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले स्थानीय स्तरबाट सञ्चालित सहकारीमा मात्र बचत गर्न सचेत गदैै भनपाले विकास निर्माणका कार्यहरू उपभोक्ता समितिबाट गर्दै आइरहेको बताउनुभयो। 

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कृष्णगोविन्द लाखाजू र श्यामसुन्दर बेकोजूले शुभकामना मन्तव्य राख्नुभयो। 

संस्थाका अध्यक्ष बाबुकाजी गाइँजूको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका विभिन्न उपसमितिका संयोजकहरू लक्ष्मीप्रसाद छुस्यावाग, लक्ष्मीप्रसाद गाइँजू, श्यामसुन्दर बेकोजू, राकेश प्रजापति, कोषाध्यक्ष रामसुन्दर भैनात्व, सचिव चन्द्रकृष्ण ग्वाछाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।