November 19, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

झौखेलमा श्रद्धाञ्जली सभा

भक्तपुर, २४ भदौ। किसान कार्यकर्ता विकुलाल सुलूको स्मरणमा झौखेल लाकिलामा शुक्रबार श्रद्धाञ्जली सभा भयो।  

सभामा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले देश र जनताको हितमा काम गर्दागर्दै आफ्नो जीवन त्याग  गर्ने असल र इमानदार कार्यकर्ताहरूको स्मरणमा श्रद्धाञ्जली व्यक्त गर्नुपर्छ भन्नुभयो।  

उहाँले पूँजीवादी व्यवस्था अन्त नभएसम्म सङ्घर्ष गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै समाजवादी व्यवस्था स्थापनाको लागि अझ बढी त्याग र बलिदान दिनुपर्छ भन्नुभयो।  

नेमकिपा जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाकै आन्दोलनबाट किसानहरूले मोहियानी हक प्राप्त गरेको बताउनुभयो।  

कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवाल, सूर्यबहादुर फोजू, नारायणबहादुर दुवाल र राजाराम दाहालले पनि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।