September 24, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

देशघाती पार्टीहरू राष्ट्रिय पार्टी नहुने

भक्तपुर, २४ भदौ। नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले देशघाती र जनहितविपरीतका पार्टीहरू कदापी राष्ट्रिय पार्टी हुन नसक्ने विचार राख्नुभएको छ। 

शनिबार नेमकिपाले चाँगुनारायण नगरपालिका वडा नं ५, खरिपाटीमा आयोजना गरेको एक भेलामा बोल्दै नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एमालेजस्ता शासक पार्टीहरूले देशघाती काम गरेको बताउनुभयो। 

उहाँले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी संस्थाभित्र गई देशको सेवा गर्ने नीतिअनुसार नेमकिपाले संसददेखि स्थानीय तहसम्मका निर्वाचनमा भाग लिएको विचार राख्दै नेमकिपाले इमानदारीसाथ देश र जनताको सेवा गर्दै आएको तर्क गर्नुभयो। 

उहाँले नेमकिपाले कामदार वर्गको पक्षमा सङ्घर्ष गर्दै आएको दृष्टान्त प्रस्तुत गर्दै विदेशी पूँजी र दबाबको विरुद्ध लड्ने नेमकिपा नै एउटै पार्टी रहेको उल्लेख गर्नुभयो। 

कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले नेमकिपाको विरुद्धको षड्यन्त्रले पार्टीलाई अझ स्पाटजस्तो बनाएको धारणा राख्नुभयो। 

कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समितिका कोषाध्यक्ष सानुमाया लागेजू, निर्वाचित नगरपालिका सदस्य रोसन खत्री, मनोेज खत्री, विना खड्कालगायतले बोल्नुभएको थियो।