November 19, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

पुलुःकिसीको नगर परिक्रमा

हिना सुवाल 

भक्तपुर, २५ भदौ। भक्तपुरको इन्द्रजात्राको अन्तिम दिन आइतबार पुलुःकिसीलाई भक्तपुर नगर परिक्रमा गराएर सम्पन्न भएको छ।  

पुलुःकिसीलाई भैलनायहरूले पूजाआजा गरेपछि नगर परिक्रमा गराइन्छ। लाकुलाछेंबाट सुरु गरिने सो जात्रालाई अन्तमा पनि त्यही पुर्‍याएर जात्रा सम्पन्न गरिन्छ।  

पुलुःकिसीलाई नगर परिक्रमा गराउनु पूर्व सजावट गरिन्छ। पुलु(मान्द्रो)लाई हात्तीको आकारमा सजावट गरिन्छ जुन आकर्षक हुन्छ। 

हात्तीलाई सजाउन टोलवासीहरूको सहयोग हुन्छ। पूर्ण चित्रकार पुलुमा हात्तीको आँखा, कान, घाटी बनाउनेदेखि लिएर सबै काम गर्नुहुन्छ।  

७१ वर्षका चित्रकारले १० वर्ष हुँदादेखि नै सो काम गर्दै आउनुभएको हो। 'रङ्ग कोर्न सस्थाबाट रु.२ हजार प्राप्त हुन्छ। यसले आवश्यक सामान किन्न नै पुग्दैन।' चित्रकारले बताउनुभयो। आवश्यक रङ्गहरू घरबाटै बनाउने गर्नुहुन्छ। हात्ती बनाउन ८ वटा रङ्गको प्रयोग गरिन्छ। यसरी उहाँले परम्परालाई जीवित राख्दै आउनुभएको छ। 

वडा अध्यक्ष कुमार चवालले जात्राको लागि आवश्यकअनुसार 'जात्रा सहयोगी समिति' गठन गरेको बताउनुभयो। 

जात्राको अवधिमा विभिन्न कार्यहरू गरिन्छ। सूर्यमढी, इटाछें,  महालक्ष्मी, भोलाछें, चोछें, वंशगोपाललगायतका ठाउँहरूमा धान खुवाउने र तलातुन्छीमा पानी खुवाउने र बीचबीचमा आगो तपाउने परम्परा रहेको छ।  

संस्कृतिविद् ओम धौभडेलले परिक्रमा गर्ने क्रममा हात्तीलाई बाटो देखाउन छ्वाली बालेको बताउनुभयो। उहाँले सो जात्रा नेपालमण्डलको राजधानी भक्तपुर भएदेखि नै चलिआएको बताउँदै इन्द्रले आफ्नो छोरो जयन्तलाई स्वर्गबाट इन्द्रकै बहान ऐरावत(हात्ती) लाई पठाएको किंवदन्ती रहेको भन्नुभयो।