September 19, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

कैलालीमा भक्तपुर काण्ड स्मरण

कैलाली, २५ भदौ। नेमकिपा कैलाली जिल्ला समितिले शनिबार जानकी गाउँपालिकामा 'भक्तपुर काण्ड'को स्मरण तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रम आयोजना गर्‍यो।  

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले बहुमत जनता राजनीतिक र वैचारिक रूपले सचेत र सङ्गठित नभएसम्म पूँजीवादी दलले रजाइँ गरिरहने विचार व्यक्त गर्नुभयो।  

पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डले पञ्चायती व्यवस्था अन्त्यमा थप सहयोग मिलेको विचार व्यक्त गर्दै नेमकिपालाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।  

आयोजक समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा भएको सो कार्यक्रममा जङ्ग तारामी, गगन थापामगर, गुप्तबहादुर शाही, रामबहादुर दर्लामी, रूद्रबहादुर तारामीले पनि बोल्नुभएको थियो।