November 19, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

नयाँ कर्मचारी भर्ना प्रक्रियाको थालनी

काठमाडौं, २५ भदौ। लोकसेवा आयोगले यस वर्षको लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाको लागि आइतबारदेखि कार्य थालेको छ।  

शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो खुलेपछि आयोगले आइतबारदेखि काम थालेको हो।  आयोगले सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगको सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो।  

उहाँले रिक्त दरबन्दी आए पनि क्रमशः पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। यसअघि समितिले नै सङ्घीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो। आयोगले असोज अन्तिम साता सहसचिव, कात्तिक अन्तिम साता उपसचिव, मंसिर अन्तिम साता अधिकृत र पुस अन्तिम साता नासुको विज्ञापन गर्ने तयारी गरेको छ।