November 19, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

भारत पुरानो मानसिकताबाट बाहिर आउनुपर्छ: ग्लोबल टाइम्स

काठमाडौं, २५ भदौ। चिनियाँ अखवार ग्लोबल टाइम्सले भारतलाई पुरातन मानसिकताबाट बाहिर आउन आग्रह गरेको छ। आफ्नो सम्पादकीयमा उसले भारतलाई फराकिलो हुन सुझाएको हो। चीन र पाकिस्तानबीचको सम्बन्धमा अनावश्यक वखेडा नझिक्न र अनावश्यक ढङ्गले नबुझ्न चेतावनीसहितको सुझाव दिएको हो। 

'भारतले यस्तो पुरानो मानसिकतालाई परिवर्तन गर्नुपर्छ नत्रभने यसले भारतको बिश्व दृष्टिकोणलाई गलत दिशातिर मोड्नेछ र त्यसले गलत व्यवहारतर्फ उसलाई डोहोर्‍याउनेछ' अखवारको सम्पादकीयमा भनिएको छ। 

भारत र चीनबीच बिगत केही वर्षयता सम्बन्धमा सुधार हुँदै आएको उल्लेख गर्दै तर चीनले पाकिस्तानलाई अलग्गै छाडेर भारतसँग सम्बन्ध राख्नुपर्छ भन्ने धारणा राख्नु गलत रहेको बताएको छ। चीनको पाकिस्तानसँगको सम्बन्धलाई अन्य राष्ट्रसँग तुलना गर्न नमिल्ने बताइएको छ। 

'चीन र पाकिस्तानको सम्बन्धलाई भारतका केही इलिटहरूले निरन्तर विरोध गर्दै आएका छन्। चीन र भारतको सुधारिएको सम्बन्धले चीनलाई पाकिस्तानबाट टाढा पुर्‍याउने विश्वास राख्छन्। यस्तो पुरातन मानसिकता परिवर्तन गर्नुपर्छ' सम्पादकीयमा उल्लेख छ। 

चीन र पाकिस्तानको मित्रता स्वीकार गर्न भारतलाई फराकिलो हुन पनि सुझाव दिइएको छ। 'पाकिस्तानलाई नियन्त्रण गर्ने हतियारको रुपमा चीनलाई नलिइयोस्। आणविक राष्ट्रलाई कम नआक्नुहोस्। पाकिस्तानसँग कस्तो सम्बन्ध राख्ने भन्ने आधारमा ती दुई राष्ट्रको सम्बन्ध अघि बढ्ने हो' सम्पादकीयमा उल्लेख छ।