September 24, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

नेक्रामसङ्घद्वारा जानकारीमूलक कार्यक्रम

भक्तपुर, २६ भदौ। नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा वडा नं. ६ को आयोजनामा स्वास्थ्यसम्बन्धी जानकारी दिन शनिबार वडावासीहरूको भेला भयो।  

कार्यक्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भनपाले घरघरमा नर्र्सिङ सेवा सञ्चालन गरिरहेको जानकारी गराउँदै निर्वाचन घोषणापत्रको प्रतिबद्धताअनुसार जनप्रतिनिधिहरूले कार्य गरिरहेको बताउनुभयो।   

आयोजक समितिका अध्यक्ष लक्ष्मीमाया दुवालको सभापतित्वमा भएको कार्यक्रममा गणेशराम थुसा, जनप्रतिनिधि रोशनमैया सुवाल, पुण्यलक्ष्मी र स्वास्थ्यकर्मीहरूले पनि बोल्नुभएको थियो।