September 24, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

घरेलु उद्योग प्रवर्द्धनमा सरकारको भूमिका आवश्यक

भक्तपुर, २७ भदौ। भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको स्वायत्तता दिवसको अवसरमा सङ्घको सचिवालय भवन शिलान्यास कार्यक्रम मङ्गलबार एक समारोहबीच सम्पन्न भयो। 

भवन शिलान्यास कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सभासद्नारायणमान बिजुक्छेंले गर्नुभएको थियो। 

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले घरेलु तथा साना उद्योगको सहयोगले स्वदेशी वस्तुको माग बढ्ने, उपभोक्ताको हित हुने हुँदा यसको संवर्द्धन एवम् प्रवर्द्धनमा नेपाल सरकारको भूमिका आवश्यक भएको बताउनुभयो। 

उत्पादनका सामानहरू विना मिसावट नियमबमोजिम बिक्री वितरण गर्न सल्लाह दिंदै अध्यक्ष रोहितले संस्थाको कामको पारदर्शिता कायम गर्नु र आर्थिक अनुशासनमा बसेर काम गर्नु एउटा असल उद्यमीको परिचय रहेको चर्चा गर्नुभयो। 

भक्तपुर नगर देशमा कम भ्रष्टाचार हुने जिल्लाको रुपमा स्थापित रहेको अवगत गराउँदै अध्यक्ष बिजुक्छेंले राम्रो कामको प्रतिफल पनि राम्रै निस्किने उहाँले बताउनुभयो।  

औपचारिकता पूरा गर्नमात्र नभई स्वास्थ्यको अनुकूल हुने भवन निर्माण गर्नुपर्छ। भौतिक निर्माण गर्दा प्राविधिक र इञ्जिनियरको सल्लाहबमोजिम मापदण्डअनुरुप भवन निर्माण गर्नु उपयुक्त हुन्छ– अध्यक्ष बिजुक्छेंले भन्नुभयो। 

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भक्तपुर घरेलु साना उद्योग सङ्घले आफ्नै जमिनमा भवन शिलान्यास गर्ने पहिलो जिल्ला भएको र यो देशको लागि उदाहरणीय कार्यको उहाँले सराहना गर्नुभयो। 

त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासङ्घको निवर्तमान अध्यक्ष सुरेश प्रधानले सङ्घको सचिवालयले जिल्लामा थप काम गर्ने उर्जा प्रदान हुने बताउँदै छिट्टै नै निर्माण सम्पन्न भई आफ्नै भवनबाट उद्यमी व्यवसायीहरूलाई सेवा प्रदान सकोस भनी कामना व्यक्त गर्नुभयो। 

संस्थापक सदस्य तथा यस सङ्घका पूर्वअध्यक्ष श्री चन्दनकृष्ण 

श्रेष्ठज्युले भक्तपुरका उद्यमीहरूको तत्कालीन समस्याहरूलाई निकारकरणको लागि यो सङ्घ स्थापना भएको संस्मरण गर्नुभयो। 

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष वीरेन्द्र जति, सङ्घका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति तथा सङ्घका प्रतिनिधिहरूले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।