September 24, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

जनताको सेवा गर्न थ्रेसहोल्डले नछेक्ने

भक्तपुर, २७ भदौ। भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको सय दिनको सिंहावलोकन कार्यक्रम मङ्गलबार सम्पन्न भयो। 

भक्तपुर नगरपालिका २ नं. वडा समितिको आयोजनामा भएको उक्त कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले देश र जनताको पक्षमा आवाज बुलन्द गर्ने नेमकिपालाई अंकुश लगाउन ठूला दलहरूले थे्रसहोल्डको व्यवस्था गरेको बताउनुभयो। जनताको सेवा गर्न नेमकिपालाई थ्रेसहोल्डले नछेक्ने उहाँले बताउनुभयो। भनपा साविक १५ वडा नं. का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले पञ्चायतकालदेखि हालसम्म  नपालाई सहज रुपमा काम गर्न नदिइएको उल्लेख गर्दै जग्गा एकीकरण आयोजना सफल पार्न सबैको सहयोग आवश्यक छ भन्नुभयो।  

पूर्ववडाध्यक्ष आशकुमार कोजूले जनताका छोराछोरीलाई देशको भौगोलिक र राजनैतिक परिस्थितिबारे जानकार बनाउनुपर्ने बताउनुभयो।  

भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्यहरू श्यामसुन्दर मातां, रत्नकाजी नायोभारी र तुल्सीलक्ष्मी दुमरुले पनि बोल्नुभएको थियो।