January 23, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

पूर्वपदाधिकारीलाई सुविधा आवश्यक नहुने

काठमाडौं, ३० भदौ। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पूर्वपदाधिकारीहरूको देश विदेशमा रहेको सम्पत्ति कानुनबमोजिम कर लगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।  

रेडियो सेवा सीआईएका प्रतिनिधिहरूको सेवा–सुविधाबारे राख्नुभएको जिज्ञासामा सांसद सुवालले ६० वर्ष मुनिका पूर्वपदाधिकारीलाई राज्यले योग्यताअनुसार रोजगारी दिनुपर्ने र ६० वर्ष नाघेका सबै नेपाली नागरिकलाई निर्वाह भत्ता दिनुपर्ने उल्लेख गर्नुभयो।  

सांसद सुवालले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गरी भाजभतेर खुवाउने, पैसा र सामान बाँड्ने, चुनाव चिह्नसहितको टीशर्ट र टोपी बाँड्ने उम्मेदवारहरू नै जितेर पूर्वपदाधिकारीलाई राज्यले नै सुविधा दिन कानुन बनाउन नहुने उल्लेख गर्नुभयो।  

सांसद सुवालले राजनीतिक दल ऐन, स्थानीय तह निर्वाचन ऐन, प्रतिनिधिसभा निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनमा मतसीमासहितको प्रावधान राखिएको प्रतिगमनकारी र निरङ्कुश भएको बताउनुभयो।