October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

महानगरको सम्पदा क्षेत्रमा अवैध भवन

काठमाडौं, ३० भदौ। विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्रमा अवैध रुपमा निजी भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले नै अनुमति दिएको खुलेको छ। 

साथै आफ्नो गलत निर्णय लुकाउन महानगरले कार्यालयमा राख्ने र सम्बन्धितलाई दिने इजाजत पत्र नै फरकफरक बनाएको भेट्टाइएको छ। 

दरबार क्षेत्रको मुखमै महर्जन विजनेश एसोसिएट्स प्रालिले अण्डर ग्राउण्ड पार्किङसहित चारतले भवन बनाएको छ। सम्पदा क्षेत्रमा अण्डर ग्राउण्ड पार्किङसहितको अग्लो भवन बनाउन नपाउने बताउँदै स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले अहिले भवन निर्माणमा रोक लगाएको छ। 

तर, महानगरले नै अण्डर ग्राउण्ड पार्किङसहित भवन बनाउन अनुमति दिएको पाइएको छ। महानगर कतिसम्म बद्मासी गरेको छ भने महर्जन विजनेश एसोसिएट्सलाई डीपीसीसम्मको स्वीकृति दिने क्रममा दुई फरक कागजात बनाइएको छ। 

महानगरको कार्यालयमा राखिएको फाइलमा चारतले भवनमात्र बनाउने उल्लेख छ। जबकि महर्जन विजनेश एसोसिएट्सलाई दिएको इजाजतपत्रको 'निर्माण हुने भवनको विवरण'मा चार तला र भूमिगत तल्लासमेत उल्लेख गरिएको छ। 

सम्पदा क्षेत्र नजिकै 'बेसमेन्ट' अर्थात अण्डर ग्राउण्डसहित भवन निर्माण गर्न पाइँदैन। प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा ८ मा यससम्बन्धी व्यवस्था छ। पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन्, 'सम्पदा क्षेत्रकै बेसमेन्टसहित भवन बनाउन पाइँदैन। हामीले त्यस्तो स्वीकृति दिएको पनि छैन।'