October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

खेलकुद विकास गर्न भ्रष्टाचार र पक्षपातलाई निरूत्साहित गर्नुपर्ने

भक्तपुर, ३१ भदौ। नेपालको खेल क्षेत्र विकास गर्न त्यसमा भइरहेको भ्रष्टाचार र पक्षपातलाई निर्मूल पार्नुपर्छ। खेलकुदलाई संविधानको मौलिक हकमा राख्न सके खेल क्षेत्रको विकासका साथै सार्वभौमिकता रक्षा गर्न खेलाडीहरूलाई अग्रसर गर्न सकिन्छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई अनुशासन र मित्रताबारे प्रशिक्षित गर्नु खेलकुद विकासको महत्त्वपूर्ण कदम हुनेछ।  

उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला भलिबल सङ्घको आयोजनामा भएको भेट्रान्स् भलिबल प्रतियोगिता एवं भलिबलका वरिष्ठ प्रशिक्षक कपिलकिशोर श्रेष्ठको सम्मान कार्यक्रममा बताउनुभएको हो।  

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले युवाहरूलाई विकृतिपूर्ण गतिविधिबाट टाढा राख्न भक्तपुर नगरपालिकाले ५ वटा खेलको खेलकुद प्रशिक्षण र अन्तर नगर खेलकुद प्रतियोगिताहरू गर्दै आएको बताउनुभयो।  

वरिष्ठ भलिबल प्रशिक्षक कपिल श्रेष्ठलाई अतिथि सुनिल प्रजापति, नगर खेलकुद समिति भक्तपुरका सल्लाहकार रवीन्द्र खर्बुजा, जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय, युवा खेलकुद समूहका अध्यक्ष गौतमप्रसाद लासिवा, योङ्ग सर्कलका अध्यक्ष गणेश खर्बुजा, जावलाखेल भलिबल प्रशिक्षण क्लवका अध्यक्ष माधव खड्का र  ज्वालाभूमि युवा क्लवका उपाध्यक्ष विक्रम श्रेष्ठले सम्मान तथा उपहार प्रदान गरेको कार्यक्रम विनोदचरण रायको सभापतित्वमा भएको 

थियो।  

कार्यक्रममा रवीन्द्र खर्बुजा, माधव खड्का, विक्रम श्रेष्ठ, राम हाडा र शिवराम धुख्वाले पनि बोल्नुभएको थियो। सम्मान कार्यक्रमपश्चात सुरू भएको भेट्रान्स भलिबल प्रतियोगितामा जावलाखेलले ज्वालाभूमि क्लव र भक्तपुरलाई पराजित गर्न सफल भयो  भने ज्वालाभूमिले भक्तपुरलाई पराजित गर्न सफल भए।