October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

स्वास्थ्य शिविर

भक्तपुर, ३१ भदौ। उदय सहकारी संस्थाको आयोजना तथा डा. इवामुरा हस्पिटलको प्राविधिक सहयोगमा शनिबार वागीश्वरी माविको प्राङ्गणमा स्वास्थ्य शिविर सम्पन्न भयो।  

जनरल, स्त्री, मधुमेह, आँखा तथा हाडजोर्नीसम्बन्धी स्वास्थ्य परीक्षण भएको उक्त शिविरमा १५० जनाभन्दा बढी व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराएका थिए।  

शिविरमा डा. इवामुरा अस्पताल, लायन्स क्लव अफ भक्तपुर, रोटरी क्लव अफ भक्तपुरले निःशुल्क औषधि वितरण गरेका थिए।  

कार्यक्रममा संस्थाका प्रबन्धक पुण्यराम गोसाई र कार्यक्रम संयोजक दिलप्रसाद प्रजापतिले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुका साथै सामाजिक कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गर्दै जाने बताउनुभयो।