October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

सय दिनमा गरिएको कामबारे समीक्षा जारी

भक्तपुर, ३१ भदौ। भनपा वडा नं. ३ वडा समितिको आयोजनामा शनिबार वंशगोपालमा जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको सय दिनको अवसरमा समीक्षा कार्यक्रम भयो।  

कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले निर्वाचित जनप्रतिनिधिहरूले भक्तपुरलाई देशकै नमुना नगरको रूपमा अगाडि बढाउने सोचका साथ काम गरिरहेको चर्चा गर्दै जनप्रतिनिधिले टोल र वडाको नहेरी देशकै विषयमा सोचेर काम गर्नुपर्नेमा जोड दिनुभयो।  

क्युवा र प्रजग कोरिया जनसङ्ख्या र भूगोलले नेपालभन्दा सानो देश भए तापनि क्युवाले शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुनाको रूपमा काम गरिरहेका, संसारका जनतालाई सेवा गरिरहेको र प्रजग कोरियाले संरा अमेरिकी साम्राज्यवादको विरूद्धमा स्वाधीनता सार्वभौमिकता र स्वतन्त्रताको लागि डटेर सङ्घर्ष गरिरहेको बताउनुभयो।  

प्रमुख प्रजापतिले एनजीओ र आईएनजीओको नाममा सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रियता र स्वाधीनतामाथि गद्धारी गर्नेहरूबाट सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।  

उहाँले नगरमा दैनिक १० टन फोहर उठ्ने गरेको र प्रतिकेजी फोहरको रू. १०। का दरले खर्च भइरहेकोले नगरको सरसफाइमा नगरवासीहरूबाट सहयोग हुने अपेक्षा गर्नुभयो।  

कार्यक्रममा पूर्ववडा अध्यक्ष रामहरि गोरा, रामसुन्दर खाताखो, प्रज्ज्वल जोन्छे,हरि बल्ल, वडा सदस्यहरू राजकुमार शिल्पकार, सुनिता प्रजापति, कृष्णगोपाल चौगुथीलगायतले बोल्नुभएको थियो।  

कार्यक्रमका सभापति एवं वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले वडा समितिले १०० दिनमा गरेका कार्यहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।