October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

सिद्धि गणेशद्वारा लाभांश वितरण कार्यक्रम सम्पन्न

भक्तपुर, ३१ भदौ। सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को सञ्चालक समितिको आयोजनामा आ.व. ०७३/०७४ मा उल्लेख्य शेयर पूँजी वृद्धि गर्ने सदस्यहरूका लागि उपहार तथा लाभांश वितरण कार्यक्रम सम्पन्न भयो। 

कार्यक्रममा नेमकिपाका केन्द्रीय प्रतिनिधि चैत्यराज शाक्यले सदस्यहरूबाट सङ्कलित रकम समाजको हितमा उपयोग गर्नुपर्ने तथा सहकारीहरूले उद्योग, कलकारखाना र कृषिलगायतका क्षेत्रहरूमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले हाल वित्तीय क्षेत्रमा ऋण लगानी बढीजसो अनुत्पादक क्षेत्रमा भएकोमा चिन्ता व्यक्त गर्दै समयमा नै वित्तीय संस्थाहरूले ध्यान नदिएमा यसले नकारात्मक परिणाम दिनेमा सम्बन्धित सबैलाई सचेत पार्नुभयो। 

संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक कृष्णगोविन्द लाखाजुले कुनै पनि वित्तीय संस्थाको शेयर पूँजी उसको कूल सम्पत्तिको १०५ हुनुपर्ने र नभएमा सो संस्थाको वित्तीय अवस्थामा सुधार गर्नुेपर्ने हुन्छ भन्नुभयो। 

सभापतिको आसनबाट संस्थाका अध्यक्ष हरिरत्न गोर्खालीले वित्तीय संस्थाको मुख्य पूँजी भन्नु नै शेयर रकम रहेको र शेयर पूँजी नै कम भएमा वित्तीय संस्थाहरूले अपेक्षित सफलता हासिल गर्न सकिदैन भन्नुभयो। 

कार्यक्रममा कोषाध्यक्ष एवं सञ्चालक ईश्वरमान दुमरुले  संस्थाको आ.व. ०७३/०७४ असारसम्मको वित्तीय अवस्थाबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। 

२०७४ को भदौ २८ सम्ममा संस्थाको वासलात १ अर्ब ४९ करोड ९१ लाख १९ हजार रहेको छ भने शेयर पूँजी र जगेडा कोष क्रमशः १६ करोड १४ लाख २४ हजार र ८ करोड १ लाख ६५ हजार  रहेको छ। 

यसैबीच संस्थाको कार्यालय भवन र सेवा केन्द्रहरूबाट टाढा रहेका सदस्यहरूलाई शाखारहित कारोबार सेवा प्रदान गर्ने हेतुले बेंसीटोल, तेलकोट, चाँगुनारायण न.पा.–६ मा भएकोे स्थानीय सदस्य भेलाबाट स्थानीय सहयोग समितिको गठन भएको छ। भेलामा संस्थाका उपाध्यक्ष राजन लाखाजुले ऋणमुखी बन्नुभन्दा ऋण लिएर आर्थिक अवसर वृद्धि गर्न सदस्यहरूलाई अनुरोध गर्नुभयो।  

भेलामा संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले संस्थाको आकार र क्षमताको सदुपयोग भक्तपुरवासीले गरुन् भनेर नै कार्यक्षेत्र भक्तपुर जिल्लाभरि गरेको जानकारी गराउनुभयो। 

संस्थाका प्रवर्द्धन अधिकृत शशिप्रसाद फैजुले बेंसीटोलमा हरेक महिनाको ८ गते बिहान ८ बजेबाट २ घण्टा शाखारहित कारोबार सेवा प्रदान गर्ने जानकारी दिनुभयो। 

उक्त भेलाबाट अरिना तामाङ्ग (थिङ्ग)को संयोजकत्वमा ५ सदस्यीय सहयोग समिति गठन गरिएको छ।