October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

समाज सुधार साकोसमा समाजवादको कुरा

काठमाडौं, ३१ भदौ। “पूँजीवादी दलका शासकहरू र तिनकै आसेपासेहरू स्थानीय तहमा विजयी हुँदा नेपालको अर्थतन्त्र तलदेखि माथिसम्म चुहिने भएको हो। पूँजीवादी व्यवस्था डोकोको प्वालजस्तै भएकोले भ्रष्ट दल र तिनका कार्यकर्ताहरू नेपालको अर्थतन्त्र डुबाउन उद्यत छन्।” 

उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् सांसद अनुराधा थापामगरले समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभामा व्यक्त गर्नुभएको हो। 

संविधानमा समाजवादउन्मुख देश उल्लेख भएको हुँदा समाजवादी व्यवस्था निर्माणार्थ सरकारले काम गर्नुपर्नेमा उल्टो पूँजीपतिहरू र भारतीय एकाधिकार पूँजीकै हितमा नीति नियम बनाउनु गलत भएको विचार व्यक्त गर्नुभयो।  

“समाजवादउन्मुख आदर्श समाज निर्माणका लागि सामूहिक लगानी, सामाजिक गतिविधि र समाजलाई नै केन्द्रमा राखेर काम गर्नुपर्छ। तर हाम्रा शासक दलहरू त्यसको ठीकविपरीत व्यक्तिलाई पोस्ने खालका बैङ्क तथा सहकारी खोल्न लागिपरेका छन्। जन्मेदखि मृत्युसम्मको सबै जिम्मा सरकारले लिने व्यवस्था समाजवादी व्यवस्था हो, तर ठूला शासक दलहरू आफ्नो दायित्वबाट भागिरहेका छन्, जनतालाई ठग्दै छन्। अतः काम गरिखाने वर्गका जनता काँधमा काँध र हातमा हात मिलाई अघि बढ्नुको विकल्प छैन।” उहाँले भन्नुभयो। 

नेपाल झन्झन् परनिर्भर बन्दैछ। नेपाललाई परनिर्भर बनाउनुमा अहिलेसम्मका सबै सरकार दोषी छन्। जबसम्म देशमा निडर नेता तथा सरकार बन्दैन तबसम्म देश विस्तारवादी र उपनिवेशवादीहरूको चङ्गुलबाट मुक्त हुन सत्तै्कन। भारतले नाकाबन्दी लगाउँदा होस् वा तराई डुबान हुँदा नै किन नहोस्, सरकार र सरकार चलाउने दलहरू चुइँक्क बोल्दैनन् तर नेपाल मजदुर किसान पार्टीमात्र त्यस्तो पार्टी हो, जसले देश र जनतालाई दुःख दिने जस्तोसुकै काम जसले गरेको भए पनि त्यसको विरोधमा सडकदेखि सदनसम्म निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ, अतिथि थापामगरले भन्नुभयो। 

कार्यक्रममा जिल्ला सहकारी सङ्घ, भक्तपुरका प्रतिनिधि कविता ढुङ्गेलले संस्थाले खराब कर्जालाई निरुत्साहित गर्दै शेयर सङ्ख्या बढाउन लागिपर्नुपर्ने बताउँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। सल्लाहकार समितिका श्याम बिसुङ्खे र मनोजकुमार बखुन्छेले सहकारीले समाजको सुधार गर्न सकोस् भन्ने कामना व्यक्त गर्नुभयो। 

उक्त कार्यक्रममा सचिव सीताराम खिउँजू, कोषाध्यक्ष राजेन्द्र बखुन्छे र लेखा समितिका संयोजक रामगोपाल भुजूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका अध्यक्ष महेन्द्र बखुन्छेको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रामकृष्ण बखुन्छे, सदस्य सावित्री गोसाईं तथा जीतबहादुर खाइजूले पनि बोल्नुभएको थियो।