October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

बेखाल साकोसको दसौं साधारणसभा सम्पन्न

भक्तपुर, ३१ भदौ। 'देशको सार्वभौमिकता र स्वतन्त्रता खतरामा छ, यसबारे सहकारीकर्मी शेयर सदस्यहरूबीच छलफल चालू राख्नुपर्छ।  

थ्रेसहोल्ड स―साना दलहरूको विचारमाथि प्रतिबन्ध लगाउन शासक दलहरूले ल्याएका छन, यो संविधानविपरीत छ, तसर्थ नेपाल मजदुर किसान पार्टी २०७२ सालको संविधानविरोधी क्रियाकलापको विरोध विगतमा झंै अहिले पनि सडक सदनमा मात्र सीमित नरही सर्वोच्च अदालतको ढोका घच्घच्याउन पुगेको हो।' 

उपरोक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नपा वडा नं ७ का निर्वाचित वडा अध्यक्ष उकेश कवांले बेखाल बचत तथा ऋण सहकारी संस्था लि.को छैटौं साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै व्यक्त गर्नुभएको हो। 

उहाँले सहकारी सदस्यहरूले बचत गर्ने र ऋण दिनेमा मात्र सीमित नरही  बचत संस्थाले निरन्तर रुपमा साधारणसभा गरी संस्थाको  आर्थिक स्थिति प्रस्ट गरेको छ छैन सचेत हुनुपर्छभन्नुभयो। 

विगतमा बाह्य सहकारीले दिएको बढी व्याजको लोभमा धेरै बचतकर्ताका बचत लिई ओरेन्टल जस्ता सहकारी भागेको उल्लेख गर्दै उहाँले स्थानिय मानिसहरूको  नेतृत्वको सहकारीमा रकम बचत गर्न अनुरोध व्यक्त गर्नुभयो। 

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि रोशनमैयां सुवालले शेयर सदस्यहरूलाई विभिन्न प्रकारका सीपम210लक आयम210लक तालिम सञ्चालन गरी उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गराउँदा लिएको ऋण राम्रोसँग सदुपयोग हुन्छ भन्नुभयो। 

कार्यक्रममा भक्तपुर साकोसका प्रतिनिधि राजेश प्रजापतिले थालार्छे साकोसका विश्वराम दमरुले शुभकामना व्यक्त गर्नभयो। 

बेखाल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राम अवालको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा संस्थाका संस्थापक अध्यक्ष रामभक्त अवाल संस्था स्थापना गर्दाका चुनौती भावी कार्यक्रमबारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उकेश कवांले संस्थाका जेष्ठ सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुको साथै एसईई परीक्षा २०७४ उतीर्ण शेयर सदस्यका छोराछोरीहरूलाई प्रमाणपत्र वितरण तथा मायाको चिनो प्रदान गर्नुभएको थियो। 

उद्घाटन सत्र लगतै बन्द सत्र सम्पन्न भएको थियो। बन्द सत्रमा बेखाल बचत तथा ऋण सहकारी संस्था लि.का सचिव देवकुमार अवालले संथाको आ.व. २०७३/०७४ को बार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुरेन्द्र राजचलले संस्थाको आव २०७३/२०७४ को आय /व्यय तथा आ.व. २०७४/२०७५ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। 

कार्यक्रमा लेखा सुपरिवेक्षण समितिका भरत अवालले लेखा सपरिवेक्षण समितिको प्रतिवेदन तथा ऋण समितिका कृष्णगोपाल अवालले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।