October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

असल डकर्मी आवश्यक छ, तालिम दिनुस्

भक्तपुर, १ असोज। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशको निम्ति असल डकर्मीको आवश्यकता भएकोले तालिमको व्यवस्था गर्नुपर्ने विचार राख्नुभएको छ।  

नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको छैटौं साधारणसभामा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष रोहितले डकर्मीहरूलाई इञ्जिनियरिङ शिक्षा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।  

डकर्मीले अनुभवबाट धेरै सिक्ने भए पनि निरन्तर अध्ययन आवश्यक भएको विचार राख्दै अध्यक्ष बिजुक्छेंले अरूको विश्वास जित्न इमानदारीसाथ काम गर्नुपर्छ भन्नुभयो।  

अध्यक्ष रोहितले थप्नुभयो, 'प्रत्येक डकर्मीले भवन निर्माणसम्बन्धी कानुनी ज्ञान लिनु आवश्यक छ। निर्माण सामग्रीको परीक्षण गरी भवन निर्माण गर्ने पद्धति बसाल्नु आवश्यक छ। डकर्मीहरुले भाग्यवादमा विश्वास गर्नुहुँदैन।' 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डकर्मी, सिकर्मीले आफ्नो पेशामा इमानदारीपूर्वक काम गर्नुका साथै राजनीतिक रूपमा पनि सचेत हुनु आवश्यक छ भन्नुभयो।  

उहाँले आधुनिक प्रविधिबारे जानकारी लिई नक्सा पास गरेरमात्र घर बनाउनुपर्ने सुझाव दिनुभयो।  

नेपाल क्रान्तिकारी डकर्मी सङ्घका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, एस.पी किरण राणा, इन्जिनियर कृष्णभक्त दुवाल, भक्तपुर सिकर्मी सङ्घका अध्यक्ष बिक्रम ढुकुछु, नेपाल क्रान्तिकारी डकर्मी सङ्घका बिक्रम कासिछ्वा, सचिव रमेश दुमरू, कोषाध्यक्ष विश्वनाथ प्रजापति, देवकुमार अवाललगायतले बोल्नुभएको थियो।