January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

काठमाडौंमा दशैंको समयमा अपराधका ८२ मुद्दा दर्ता

काठमाडौं, २३ असोज। महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंको समयमा आपराधिक क्रियाकलापमा संलग्न एक हजार ७९० जनालाई पक्राउ गरेको छ।  

परिसरले दशैं सुरक्षा योजनाअन्तर्गत घटस्थापनादेखि पूर्णीमासम्म चलाएको कारबाहीमा पक्राउ परेकामध्ये एक हजार ५८७ जनालाई अनुसन्धान पश्चात् छाडिएको र बाँकी नियन्त्रणमा रहेका २०३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको परिसरका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामदत्त जोशीले जनाजानकारी दिनुभयो। 

प्रहरीले गत वर्षको दशैं अवधिभर ४१७ जनालाई पक्राउ गरेको थियो। जसमध्ये ३२९ जनाविरुद्ध मुद्दा दर्ता भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो।