January 23, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

धितोपत्र बजार आज पनि ओरालो

काठमाडौं, २३ असोज। धितोपत्र बजार आज पनि ओरालो लागेको छ।  

दशैंको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८.१२ अङ्कले ओरालो लागेर एक हजार ५०१ बिन्दुमा पुगेको छ।  

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेको छ। सोमबार अन्य समूहबाहेक अरू सबै समूहका शेयर ओरालो लागेको छ। कूल १५२ कम्पनीको छ लाख ४३ हजार पाँच कित्ता शेयर रु. ३१ करोड ६८ लाख छ हजार ७५८ मूल्यमा कारोबार भएको छ। 

स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ। बैङ्किङ नौ, व्यापार ३.०४, होटल १.६, विकास बैङ्क १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ।  

राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ। नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ। बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो। रासस