January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको गोली हानी हत्या

काठमाडौं, २३ असोज। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ। राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो। 

गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। 

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो। गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुङ्गा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो। गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो। 

गौचनको घर र घटनास्थल करिब ५१ मिटरको दुरीमा छ। 

राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ। सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरू भेला भएर सरकारविरूद्ध प्रदर्शन गरेका थिए। उनीहरूले अस्पताल अगाडिको सडकमै बसेर गृहमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए। उनीहरूको कारण बानेश्वर तीनकुने सडक अवरूद्ध भएको थियो। 

प्रहरीले  गौचनको हत्या आशङ्कामा तीन जनालाई पेस्तोलसहित पक्राउ समेत गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेको रोशी नगरपालिका ४ का  छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा रहेका छन्। उनीहरू गौचनको हत्यामा संलग्न भएरनभएकोबारे एकीन नभएको र घटनाबारे गहन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।