January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

गरिबी निवारणका लागि ठोस काम गर्न चिनियाँ राष्ट्रपतिको निर्देशन

बेइजिङ, २३ असोज। चिनियाँ राष्ट्रपति सि चिनफिङले देशबाट गरिबी निवारणका लागि ठोस कार्यक्रम ल्याएर काम गर्न चिनियाँ अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। 

उहाँले सोमबार राजधानी बेइजिङमा चिनियाँ सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूलाई सो निर्देशन दिनुभएको हो। 

चीनको चौथो राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गरिबी निवारण कुराबाट मात्र सम्भव नभएकाले ठोस कार्यक्रम ल्याएर काम गर्नुपर्नेमा जोड दिँदै अधिकारीहरूलाई सो कार्यका लागि निर्देशन दिनुभएको हो। 

यो अरू लडाइँहरूभन्दा पनि कडा लडाइँ हुनसक्छ तर पनि हामीले गरिबीविरुद्धको लडाइँ छोड्नु हुँदैन र यसको निवारणका लागि ठोस र प्रभावकारी कार्यक्रम ल्याएर काम गर्नुपर्छ, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव रहनुभएका राष्ट्रपति सिले भन्नुभयो। 

उक्त समारोहमा चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरू उपस्थित थिए। 

सिन्ह्वा