January 23, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

'नेमकिपाले एकल उम्मेदवारी दिने'

भक्तपुर, २३ असोज। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाल मजदुर किसान पार्टीले एकल उम्मेदवारी दिने बताउनुभएको छ।  

रफत सञ्चार क्लवले सोमाबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले भारतको इसारामा बनेको वाम गठबन्धन नेपाल आत्मनिर्भर नहोस् भन्ने चाहनाअनुरुप भएको हो भन्नुभयो। उहाँले प्रचण्ड र भट्टराईलाई थाहा भएको कुरा भारतलाई थाहा छैन भन्नु हास्यास्पद रहेको टिप्पणी गर्नुभयो। मार्क्सवाद पुरानो भयो भन्ने नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई र प्रचण्ड भारतको ट्रोजन हर्स (त्चयवबल ज्यचकभ) हो – उहाँले भन्नुभयो। 

एमालेले भारतीय विस्तारवाद र साम्राज्यवादी नीतिको विरोध नगरेको बताउँदै अध्यक्ष बिजुक्छेंले सरकारका सबै विधेयक र नीतिलाई समर्थन गर्ने एमालेले प्रमुख प्रतिपक्षीको धर्म ननिभाएको बताउनुभयो। 

देश र जनताको हितको लागि नेमकिपा जहिल्यै अग्रसर हुने बताउँदै साम्राज्यवादी नीतिको विरोधमा पनि सङ्घर्ष गर्दै जाने अध्यक्ष बिजुक्छेंले बताउनुभयो। 

नेपालको कूटनीतिक पक्ष कमजोर हुँदा  नेपालको राजनीति झन् झन् फोहोर हुँदै गएको बताउँदै नेता बिजुक्छेंले जालीफटाहा र जनविरोधीसँग नेमकिपाको गठबन्धन कदापि हुँदैन भन्नुभयो। 

नेपालमा राजनीतिक चेतनाको विकास नहोस् भन्ने भारतको चाहनाबाट नेपाल सचेत हुनुपर्ने बताउँदै उहाँले नेपाल–भारतबीच सिमाना नियमित गर्नुपर्ने बताउनुभयो।