January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

काठमाडौं, २४ असोज। सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बमबहादुर भण्डारी, डम्बरबहादुर शाही र टङ्कबहादुर मोक्तान नियुक्त भएका हुन्। 

भण्डारी उच्च अदालत तुलसीपुरमा, शाही उच्च अदालत सुर्खेतमा र मोक्तान उच्च अदालत पाटनमा मुख्य न्यायाधीश थिए। 

उनीहरूलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनियताको सपथ खुवाएका 

छन्। 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको  सहभागिता थियो।