January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

सहकारी समुदायको आर्थिक र सामाजिक उत्थानको लागि

भक्तपुर, २८ असोज। सहकारी संस्था नाफामूलक संस्था होइन सामूहिक हितमा काम गर्ने संस्था हो। सहकारीले व्यापार गर्दैन, विभिन्न सामाजिक कार्य गर्दछ, सीपमूलक तालिम दिई सदस्य र समुदायको आर्थिक र सामाजिक उत्थान गर्ने काम गर्दछ र गर्नुपर्छ। उपरोक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा व्यक्त गर्नुभएको थियो।  

विकासको पहिलो आधार शिक्षा भएको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले नगरको विकासका निम्ति विभिन्न कलेज सञ्चालन गरेको र ख्वप विश्वविद्यालय स्थापनातिर अघि बढेको स्पष्ट पार्नुभयो।  

शासक दलहरूले अन्य विभिन्न पदजस्तै विश्वविद्यालयसमेत दलीय भागबण्डा गरेको र ख्वप विश्वविद्यालय विधेयकलाई सरकारले सदनमा छलफलमा समेत नलगेको स्पष्ट पार्नुभयो।  

समाजसेवी श्यामसुन्दर धौभडेलले सहकारीले माृतभाषा जगेर्ना गर्न र कला, संस्कृति सम्पदा जोगाउन पनि उत्प्रेरित गर्नुपर्ने बताउनुभयो।  

उहाँले नेमकिपाजस्तो सङ्घर्षशील र जनताको पार्टीलाई सदनमा छिर्नै नदिने उद्देश्यले ल्याएको थ्रेसहोल्डको प्रावधानको विरोध गर्नुभयो।  

साधारणसभामा हर्ट एण्ड डायभेटिक सेन्टर भक्तपुरका प्रबन्धक विरेन्द्रकाजी प्रधानाङ्ग, डायमण्ड साकोसका अध्यक्ष तुल्सी घेमोसु, अडिटर एशोसियसन भक्तपुरका अध्यक्ष हिरारत्न बज्राचार्यलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संस्थाका अध्यक्ष विश्वबहादुर दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रबन्धक हरिराम लवजू, उपाध्यक्ष हरिकृष्ण छुस्याबाग र सदस्य लक्ष्मीप्रसाद प्रजापतिले पनि बोल्नुभएको थियो।  

त्यस्तै संस्थाका सचिव रामकृष्ण मानन्धरले प्रगति प्रतिवदेन, कोषाध्यक्ष रोशना न्याईच्याई मुस्याख्वले आर्थिक प्रतिवदेन र लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद प्रजापतिले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो।  

साधारणसभाको बन्द सत्रले रामकृष्ण प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय संस्थाको नयाँ सञ्चालक समिति सर्वसम्मतिले निर्वाचित गर्‍यो। लेखा सुपरीवेक्षण समिति लक्ष्मीप्रसाद प्रजापतिको संयोजकत्वमा गठन गर्‍यो।