January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

श्रमजीवी साकोसको १९ औं साधारणसभा सम्पन्न

भक्तपुर, २८ असोज। श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारणसा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यतामा शनिबार सम्पन्न भयो।  

कार्यक्रममा नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरू आर्थिक रूपमा सबल हुनुका साथै संस्थाले सामाजिक कार्यमा पनि उत्तिकै योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

सदस्यहरूको सांस्कृतिक स्तर विकासमा संस्थाले चिन्तन गर्नुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले संस्था नाफामुखीभन्दा सेवामुखी हुनुपर्छ भन्नुभयो।  

संविधानअनुसार सहकारी संस्थाहरू स्थानीय तहको मातहतमा रहने र सहकारी दर्ता, अनुगमन र  

निरीक्षण स्थानीय तहअन्तर्गत नगरपालिकाले गर्ने भएकोले सहकारीकर्मीहरूले ऐन नियमअनुसार संस्था सञ्चालन गर्नुपर्छ, उहाँले भन्नुभयो। 

कार्यक्रमका विशेष अतिथि नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सहकारी संस्थाहरू देश र जनताप्रति समर्पित हुनुपर्ने बताउनुभयो।  

संस्थाका अध्यक्ष मदन खाताखोको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला बचत सङ्घका जगनाथ प्रजापति, विष्णुकेशरी सुवालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा रत्नकेशरी कक्षपति, संस्थापक अध्यक्ष गणेशभक्त सितिखू, विकुलाल सुवाल, गणेशलाल फोजू, लक्ष्मीनारायण कुसाथा र सुमित्रा त्यातले पनि बोल्नुभएको थियो।