December 18, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

संविधान संशोधन गर्न गठबन्धनको नाटक

भक्तपुर, ३ कार्तिक। नेपाल संवत्को नयाँ वर्ष फेरिएको सन्दर्भ पारेर नेपालभाषा साहित्य तःमुंज्याले नयाँ वर्षको शुभकामना गर्दै शुक्रबार सांस्कृतिक कार्यक्रम र्‍याली गर्‍यो।दर्जनौ वाद्यवादनको टोली र हजारौं प्रदर्शनकारी सहभागी भएको सो र्‍याली नगर परिक्रमापछि खौमामा पुगी समापन भएको थियो।  

समापन कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं पूर्व सांसद प्रेम सुवालले दुईतिहाइ मत ल्याएर तराई प्रदेश अलग्ग गराउन र हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन भारतले एमाले र माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस–मधेसवादी दलहरुको गठबन्धन गराएको विचार व्यक्त गर्नुभयो।  

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी दलाल पार्टीहरू जिते देश नहरने सम्भावना भएको औंल्याउँदै उहाँले देशका देशभक्त, उद्योगी र व्यापारीहरू सतर्क हुनुपर्ने बताउनुभयो।  

जनताको भोट देश पराधीन बनाउने दललाई होइन, देश जोगाउने सच्चा कम्युनिष्ट पार्टीलाई दिन आग्रह गर्दै सचिव सुवालले भन्नुभयो –कम्युनिष्टहरू देशभक्त र प्रजातन्त्रवादी हुन्छन् तर कम्युनिष्ट भनिने एमाले र माओवादी केन्द्रले आर्थिक समानताको कुरा कहिल्यै उठाएनन्।  

भारतीय विस्तारवाद र भारतीय दलाल पार्टीको विरोधमा देशभक्त जनता एकगठ हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले नेका, एमाले, माओवादी केन्द्र  भारतपरस्त दल हो भन्नुभयो।  

नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल 

प्रजापतिले पूँजीवादी गणतन्त्रमा व्यापक जनताको हित र अधिकार नहुने बताउनुभयो।  

भक्तपुर नगरपालिका कला, सम्पदा र संस्कृतिको संरक्षण गर्न लागिपरेको चर्चा गर्दै भूकम्पले क्षति पुर्‍याएको सम्पदाको पुनःनिर्माण कार्य भइरहेको बताउनुभयो।  

कार्यक्रमको सभापतित्व नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले गर्नुभएको थियो।  

यसअघि सूर्यमढीमा तःमुंज्याका उपाध्यक्ष लक्ष्मीनारायण दुवाल र भनपा वडा नं. ९का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बोल्नुभएको थियो।  

र्‍यालीले सूर्यमढी, दत्तात्रय, इनाचो, सुकुलढोका, टौमढी, नासमना, तेखापुखु, इटाछें हुँदै खौमामा पुगी समापन भएको थियो।  

सभा समापन अघि खौमास्थित मास्टर जगतसुन्दर मल्लको प्रतिमामा नेमकिपाका नेता, वाद्यवादनका टोली प्रमुख, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी, महिला, युवा, विद्यार्थी तथा महिलाहरूले पुष्पार्पण गरेका थिए।