December 18, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

भवन आचारसंहिताअनुसार लागू गर्न नपालाई निर्देशन

काठमाडौ, ५ कार्तिक। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई भवन आचारसंहिता लागू गर्न निर्देशन दिएको छ। 

मन्त्रालयले आइतबार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्राचार गरी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको अनुरोधअनुसार यस्तो निर्देशन दिएको प्रवक्ता रूद्रसिंह तामाङले जानकारी दिनुभयो। 

समाज कल्याण मन्त्रालयले नगरपालिकालाई अपाङ्गता मैत्री संरचना निर्माण गर्न सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतीक्षालय, पार्किङस्थल, मनोरञ्जनस्थल, सम्मेलन केन्द्र, चलचित्र घरजस्ता सार्वजनिकस्थल र सर्वसाधारणका लागि खुला गरिएका व्यावसायिक तथा आवासीय भवनजस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त र्‍याम्प, लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेलसमेतको व्यवस्था गर्न निर्देशन दिएको उहाँले बताउनुभयो। 

मन्त्रिपरिषद्ले २०६९ फागुन ६ गते अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका पारित गरेको थियो। निर्देशिका पारित भए पनि त्यसअनुसार संरचना निर्माण नभएकाले समाज कल्याण मन्त्रालयको अनुरोधमा स्थानीय विकास मन्त्रालयले नगरपालिकालाई यो निर्देशन जारी गरेको हो।