December 18, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

भारतमा नेपाल आयल निगमको ट्यांकरमा आगजनी

भैरहवा, ५ कार्तिक। रूपन्देहीको सिमावर्ती सहर भारतको महाराजगञ्ज जिल्ला सुनौलीमा नेपाली ट्याङ्करमा आगजनी गरिएको छ। भारतमा इन्धन लिने जाने क्रममा लु १ ख ७३३० नम्बरको ट्याङ्करले एकजना भारतीय नागरिकलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले आगजनी गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख रविन विष्टले जानकारी दिए। 

मृतक भारतीय नागरिक भए पनि उनको पहिचान खुलेको छैन। 

भैरहवाबाट गएको दमकलले आगोलाई नियन्त्रणमा लिएको थियो। 

ट्याङ्कर चालक सन्तोष खरेललाई भने भारतीय प्रहरीले सकुशल उद्धार गरी आफ्नो नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ। ट्याङ्करमा चालकको साथमा सहचालक रहे/नरहेको भन्ने विषय नखुलेको विष्टले बताए।