December 18, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

निर्वाचन आयोगद्वारा सात सदस्यीय समिति गठन

काठमाडौं, ५ कार्तिक। निर्वाचन आयोगले सर्वोच्च अदालतबाट आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपत्रका बारेमा भएको आदेशको कार्यान्वयनको सिलसिलामा आयोगबाट एकै सीटमा दुईवटा मतपत्र भएको निर्णय र तयारी सम्बन्धमा अध्ययन, परामर्श तथा विस्तृत छलफल गरी आयोगमा प्रतिवेदन पेश गर्न एक समिति गठन गरेको छ। 

आयोगको कार्तिक ३ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। आयोगका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको आयोगले जनाएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको दुईवटा मतपत्र एउटा सीटमा र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको दुईवटा मतपत्र अर्को सीटमा गरी दुवै सभाका सदस्यको निर्वाचनका लागि एकै सीटमा दुई/दुईवटा मतपत्र छाप्ने आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा मुद्दा परेको थियो।