January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

विभिन्न जिल्लामा नेमकिपाको उम्मेदवारी दर्ता

काठमाडौ, ५ कार्त्तिक। आगामी मंसिर १० गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने देशका ३३ जिल्लामा आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सम्पन्न भयो।  

नेपाल मजदुर किसान पार्टीले पनि विभिन्न जिल्लाहरूमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेको छ। 

पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त जानकारीअनुसार जुम्ला जिल्लामा प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी केन्द्रीय सदस्य एवं पूर्वसांसद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दिनुभएको छ। त्यस्तै जुम्ला जिल्लाअन्तर्गत दुई प्रदेश निर्वाचन क्षेत्रमा शिवलाल डांगी र गोरखबहादुर बुढाले उम्मेदवारी दिनुभएको छ।  

जुम्ला बजारमा जुलुससहित गएर नेमकिपाले उम्मेदवारी दर्ता गराएको थियो। 

कालीकोटमा प्रतिनिधिसभातर्फ नेमकिपा कालीकोटका पूर्वअध्यक्ष ऐनबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ। नेमकिपा कालीकोटका अध्यक्ष तथा पूर्वसांसद नवराज कोइराला र जनकबहादुर विष्टले प्रदेशसभाको सदस्य पदको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ।  

गोरखामा गोविन्द सिं बस्नेतले प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिनुभएको छ। 

दोलखामा कृष्णप्रसाद सिवाकोटीले प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिनुभयो। सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्यको लागि किरण शाक्य र प्रदेशसभाको सदस्यको लागि सुमन श्रेष्ठले उम्मेदवारी दिनुभयो।  

सोलुखुम्बूमा प्रतिनिधिसभाको सदस्यको लागि डोर्जे शेर्पाले उम्मेदवारी दिनुभएको छ भने रसुवामा प्रदेशसभा सदस्यको लागि राधिका पौडेलले उम्मेदवारी दिनुभएको छ।  

रामेछापमा प्रदेशसभाको सदस्यको लागि हरिकृष्ण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ।  

मंसिर २१ गते हुने चुनावको लागि आगामी कार्तिक १६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ भने समानुपातिकतर्फको अन्तिम नामावली कार्तिक ६ गते प्रकाशित हुने कार्यक्रम छ।