January 20, 2018

सम्पादकीय

बाँकि सम्पादकीय
 

ख्वप विश्वविद्यालय विधेयक निष्त्रि्कय पार्ने को?

#reamdmore#रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएसँगै विचाराधीन ख्वप विश्वविद्यालयलगायत १९ विधेयक पनि स्वतः निष्त्रि्कय भएका छन्। तीमध्ये साढे तीन वर्षभन्दा पुराना विधेयक छन्।   

सदनमा प्रस्तुत गर्न सकिने भनी सिफारिस भएको  ख्वप विश्वविद्यालय विधेयक पारित नभएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसदहरूले विरोध गर्नुभएको हो।  

कम शुल्कमा व्यावहारिक एवम् गुणस्तरीय शिक्षा दिने उद्देश्यले भक्तपुर नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न लागेको हो। भनपासँग उच्च मावि तथा कलेज सञ्चालनको करिब डेढ दसकको अनुभव छ। ख्वप उमावि, ख्वप कलेज एवम् इञ्जिनियरिङ कलेजहरूले देशभरका हजारौं विद्यार्थीको दीक्षान्त गराइसकेका छन्। ती कलेजहरू गुणस्तरको हिसाबमा पनि त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका सबभन्दा राम्रा कलेजका रूपमा दरिएका छन्। ख्वप विश्वविद्यालयसँग विश्वविद्यालय खोल्न पर्याप्त भौतिक संरचना तयार भएको विश्वविद्यालय अनुदान आयोगले दिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। प्रस्तावित विश्वविद्यालयहरूको अध्ययनको निम्ति बनेको संसदीय टोलीले गरेको स्थलगत अध्ययनले ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन सिफारिस गरेकै हो। फेरि किन रोकियो त ख्वप विवि विधेयक? स्पष्ट छ, राजनीतिक पूर्वाग्रहले काम गर्‍यो। ख्वप विश्वविद्यालयबारे संसदमा आवाज उठाइरहने नेमकिपामात्र रह्यो। विश्वविद्यालय जनताको निम्ति हो, यो अन्तर्राष्ट्रिय हुन्छ। विश्वका कुनै पनि कुनाको ज्ञान सिक्न वा विश्वका कुनै पनि कुनाका विद्यार्थीलाई ज्ञानको ज्योति दिन विश्वविद्यालय चाहिने हो। यो कुनै वाद वा सिद्धान्तमात्र सिक्न सिकाउन हुनसक्दैन।  

साँचो हो, नेमकिपाबाट निर्वाचनमा विजित जनप्रतिनिधिको पहलमा ख्वप कलेजहरू सञ्चालित छन्, ती कलेजहरूले विद्यार्थी भर्नामा भनसुनको आधारमा अयोग्यलाई कहिल्यै भर्ना गरेका छैनन्। विद्यार्थी भर्नाको निम्ति कुनै पार्टी विशेषलाई सीट रिजर्भ गरिएको छैन। मेरिटको आधारमा भर्ना लिइन्छ। यसमानेमा ती कलेजहरू निर्विवाद छन्। शिक्षक भर्नामा कुनै पार्टीको सदस्य भएको कारण योग्यलाई अध्यापनमा संलग्न नगराउने गरिएको छैन।  

ख्वप कलेजहरूले देशभक्त विद्यार्थी तयार पार्ने गरेकोमा सत्तामा बस्ने पार्टीलाई चित्त नबुझेको हो भने त्यसको जवाफ जनताले दिनै पर्छ। ख्वप विश्वविद्यालयले पनि जनउत्तरदायी, इमानदार, असल चरित्रका एवम् नैतिकवान नागरिक तयारी पार्ने जमर्को गरेकोमा कुनै शासक पार्टीको टाउको दुखाइ हो भने पनि जनताले नै छिनोफानो गर्नुपर्नेछ।  

शासक पार्टीहरूको उदासीनताको कारण देशले एउटा उदाहरणीय विश्वविद्यालय स्थापनाको धोको अवरूद्ध भएको छ। यसको जवाफ शासक पार्टीहरूले दिनै पर्छ ।