|
व्यापारी बेपत्ता
महोत्तरी, ३२ साउन। महोत्तरी जिल्लाको गौशालाबाट एकजना व्यापारी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गौशाला गाविस–१ घर भएका अन्दाजी २५ वर्षीय नागेन्दर साह हलुवाई रहेको प्रहरी निरीक्षक जयनारायण यादवले जनाउनुभयो। गए राति गौशाला बजारस्थित आफ्नै चिया पसलमा सुतिरहेका साह रातिदेखि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। राति १ बजेसम्म आफ्नै पसलमा सुतिरहेका नागेन्दरको अपहरण भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ। उनको खोजीका लागि अहिले इलाका प्रहरी गौशाला र जिल्ला प्रहरीबाट सुरक्षाकर्मी परिचालन गरिसकिएको प्रहरीले बताएको छ। |