September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

समदर्शी सहकारी संस्थाको समीक्षा

रज्जु फसिकव

  भक्तपुर, भदौ २। समदर्शी बचत तथा ऋण सहकारी लिमिटेडको समीक्षा बैठक शनिबार जिल्ला अदालत परिसरमा रहेको नेपाल बार एसोसिएसन भक्तपुरको भवनमा सम्पन्न भयो।
    सभापतिको मन्तव्य राख्दै संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले भन्नुभयो – किसान, मजदुर, कालिगढ, साना व्यापारी, अभिभावकहरूको बचत गर्ने भावनाको विकास गराई सो सङ्कलित रकम संस्थाका सदस्यहरूलाई उत्पादनशील कार्यमा लगानी गर्न ऋण प्रवाह गर्दै आइरहेको छ।
    कार्यक्रममा संस्थापक अध्यक्ष एवम् प्रबन्ध निर्देशक हरिराम लवजूले 'तपाईंको समस्या, समदर्शीको समाधान' नारा सार्थक बनाउन विभिन्न सामाजिक क्रियाकलाप र समस्यामा परेका सदस्यहरूलाई सहयोग गरेको बताउनुभयो।
    उपाध्यक्ष हरिकृष्ण छुस्याबागले संस्था घर हो, घरको खम्बा र छत बलियो बनाउनुपर्ने बताउनुभयो।
    सल्लाहकार कृष्णबहादुर प्रजापतिले सबै समस्याको समाधान सहकारी हुन नसक्ने, सहकारी आवश्यकताभन्दा बढी भइसकेकोले आर्थिक मामिलामा मात्र सीमित रहन नहुने र शोषण गरेर लाभांश वृद्धि गर्न नहुने बताउनुभयो।
    सल्लाहकार देवकुमार मोक्तान, महिला उपसमितिका संयोजक शोशना न्याइच्याईं, ऋण अधिकृत नविन प्रजापति, शिक्षा उपसमितिका विश्वेश्वर मानन्धर, युवा उपसमितिका बद्री अवाल, बचत तथा ऋण अनुगमन उपसमितिका गंगाराम सुजखुले पनि बोल्नुभएको थियो। 
    प्रगति प्रतिवेदन सचिव रामकृष्ण प्रजापति र का. वा.कोषाध्यक्ष गणेश दुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने धन्यवाद सुवर्ण दुवालले गर्नुभएको थियो।
प्रशिक्षाथीर्