September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

इरानी राष्ट्रपतिप्रति संयुक्त राष्ट्र सङ्घको आलोचना

संयुक्त राष्ट्रसङ्घ, २ भदौ। संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुन इरानी नेताहरूले इजरायलविरुद्ध व्यक्त गरेका टिप्पणीबाट स्तब्ध हुनुभएको उहाँका एक प्रवक्ताले शुक्रबार बताएका छन्।
    इरानी राष्ट्रपति महमुद अहमदिनेजादले इजरायललाई 'अर्बुद हुनसक्ने गाँठो' (क्यान्सरस ट्युमर) भन्ने नाम दिएपछि अमेरिका तथा फ्रान्सले त्यसको भर्त्सना गरिसकेका छन्। शुक्रबार तेहरानमा एक आमप्रदर्शनअगाडि इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल 'लोप हुने' दाबी गर्नुभएको थियो।
    महासचिवका प्रवक्ता मार्टिन नेसिर्कीले एक विज्ञप्ति प्रकाशन गरी गत दुई दिनमा इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता तथा राष्ट्रपतिले इजरायलको अस्तित्वमा चुनौती दिने टिप्पणी गरेकोमा महासचिव हुनुभएको उल्लेख गर्नुभएको छ।
    उहाँले यी टिप्पणी आक्रमणकारी तथा भड्काउने खालको भएको भनी भर्त्सना गर्नुभएको पनि जानकारी दिनुभएको छ। राष्ट्रपति अहमदिनेजाद तथा इरानका अन्य नेताले पटकपटक यस प्रकारको टिप्पणी गर्नुभएको छ प्रवक्ताले महासचिवले यस क्षेत्रका सबै नेताले वर्तमान समयमा तनाव बढाउनुभन्दा आफ्नो स्वर सानो बनाउनुपर्ने धारणा राख्नुभएको पनि उल्लेख गर्नुभयो।
    संयुक्त राष्ट्रसङ्घको घोषणापत्रअनुसार सबै सदस्यले कुनै पनि मुलुकको क्षेत्रीय अक्षुण्णता तथा राजनीतिक स्वतन्त्रताविरुद्ध शक्ति प्रयोग गर्ने चुनौती दिनुहुँदैन।
    इरान हाल अमेरिका तथा उसका युरोपेली सहयोगीसँग पारमाणविक क्षमताको द्वन्द्वमा परेको छ। इजरायली आमसञ्चारले उसका सेनाले इरानी पारमाणविक केन्द्रमा आक्रमण गर्नसक्ने आशङ्का गरेका छन्। एएफपी