|
विवादास्पद द्वीपहरू गुपचुप कब्जा गरिरहेको आरोप
ताइपेइ, २ भदौ। जापानले पूर्वी चीन जलक्षेत्रमा रहेका र टोकियो, बेइजिङ तथा ताइपेइबीच विवादास्पद द्वीपहरू गुपचुप रूपमा नियन्त्रण गर्न थालेको आरोप लगाएको छ। जापानले आफ्नो नियन्त्रणमा रहेका द्वीपबाट चीन समर्थक प्रदर्शनकारीहरूको समूहलाई त्यहाँबाट बाहिर जान बाध्य पारेपछि ताइवानको उक्त भनाइ आएको हो र यसबाट ताइपेइले यी द्वीपमा आफ्नो धारणा दृढतापूर्वक राख्ने त्यहाँका आमसञ्चारले उल्लेख गरेका छन्। यसरी बुधबार ती कार्यकर्ताहरू त्यहाँ पुग्दा उनीहरू त्यहाँ सन् २००४ पछि पुग्ने प्रथम गैरजापानी भएको देखिएको छ। उनीहरूले त्यहाँ चीन तथा ताइवानका झण्डा गाडेका थिए। ताइवानले शुक्रबार जारी गरेको विज्ञप्तिमा आफूले पनि दायु द्वीपमा दाबी गरेकाले आफ्नो झण्डा गाडेको उल्लेख गरेको छ। यो द्वीपलाई चीन तथा ताइवानमा दायु तथा जापानमा सेन्काकु भनिन्छ। |