|
मानव बेचबिखनविरुद्ध र्याली आयोजना गरियो
काठमाडौं, ४ भदौ। चेञ्ज नेपाल र सुरक्षित बसाइँसराइ सञ्जालको संयुक्त पहलमा सुरक्षित बसाइँसराइ र मानव बेचबिखनविरुद्ध जनचेतनाका लागि आइतबार स्युचाटारमा र्यालीे आयोजना गरियो। 'मानव बेचबिखन नगरौं, अपराधीलाई कारबाही गरौं, सुरक्षित वैदेशिक रोजगार: हामी सबैको सरोकार, हिंसा भेदभावरहित परिवार: शान्ति उन्नतिको आधार' भन्ने नारा भएका ब्यानर र प्ल्ेाकार्ड सहभागीले बोकेका थिए। प्रद्युम्न सालिकबाट सुरु भएको र्यालीले स्युचाटार गाविस–१ देखि ९ सम्म विभिन्न भागको परिक्रमा गरी स्युचाटार महिला समूहको प्राङ्गणमा कोणसभा गरेको थियो। सभामा विश्व शिक्षाका शृङ्खला थापा र चेञ्ज नेपालका संयोजक मञ्जु लामाले मानव बेचबिखन, सुरक्षित बसाइँसराइलगायतका विषयमा चनाखो रहनुपर्ने बताउनुभयो भयो भने स्थानापति महिला समूहका अध्यक्ष सावित्री दवाडीले मानव बेचबिखन, महिला घरेलु हिंसालगायतबारे चर्चा गर्नुभएको थियो। |