September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

जापानी भू–अतिक्रमणविरुद्ध चिनियाँ प्रदर्शन


    टोक्यो, ४ भदौ। केही जापानी नागरिकले पुर्वी चीनको एक टापुमा आइतबार आफ्नो देशको झण्डा लगेर गाडेपछि चीन र जापानबीच विवाद चर्केको छ। चीनको भु–भाग भनिएको उक्त टापुमा यसरी जापानी झण्डा देखिएपछि विवादले चर्को रूप लिएको हो।
    उक्त टापुलाई लिएर दशकौंदेखि दुई ठूला अर्थशक्ति चीन र जापानबीच बेलाबेलामा किचलो उत्पन्न हुने गरेको थियो। दुवैले आफ्नो भन्ने उक्त टापुलाई जापानमा 'सेन्काकु' भनेर चिनिन्छ भन्ने चीनमा 'दीयायु' को नामले चिनिन्छ। आइतबारको घटनापछि चीनले जापानलाई यस्तो घटना हुन नदिन आग्रह गरेको छ।
    जापानी झण्डा देख्ने बित्तिकै सयौं चिनियाँ प्रदर्शनकारीहरू चिनिया झण्डासहित जापानविरोधी प्रदर्शनमा उत्रेका थिए। आइतबार जापानी नागरिकहरू पौडेर उक्त टापुमा गएर झण्डा गाडेको जनाइएको छ।
    चीनले भने सोझो भाषामा यसलाई भू–अतिक्रमणको संज्ञा दिएको छ। सोमबार पनि चिनियाँ जनताले प्रदर्शन जारी राखेका छन्। चीनको दक्षिण–पश्चिम सिचुआन प्रान्तलगायत ८ भन्दा चिनियाँ शहरमा लाखौं प्रदर्शनकारीले जापानविरोधी नाराबाजी गरेका छन्। उता जापानी प्रहरीले भने उक्त घटनामा सामेल रहेका नागरिकलाई र सोसँग सम्बन्धित सुरक्षा निकायका अधिकारीहरूलाई सोधपुछ गरिरहेको छ।
    जापानी सरकारले आफ्नो ध्यान आकर्षित भएको भन्दै आफूले गल्ती गरेको भए छिट्टै सुल्झाउने विश्वास चिनियाँ सरकारसमक्ष गरेको छ। चीनमा यो घटनापश्चात् जापानी सामानको तोडफोडसमेत गरिएको थियो भने आयात र निर्यातसमेत नगर्ने भन्दै दबाब दिएका थिए। यसले यी दुई ठुला अर्थशक्तिको वैदेशिक ब्यापारमा पनि सोझो प्रभाव पर्ने देखिन्छ।– एजेन्सी