September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

बेरुजु फछर्््योट नगर्ने दस गाविस सचिवलाई कारबाही

 जनकपुरधाम, ७ भदौ। बेरुजु फछर्््योट नगरी आर्थिक अनियमितता गर्ने जिल्लाका १० वटा गाउँ विकास समितिका सचिवलाई जिल्ला विकास समिति धनुषाले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
    ती गाविसले लगेको करिब चार करोड रुपैयाँ हालसम्म फछर्््योट नगरेकाले उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
    स्थानीय विकास मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनअघि जिल्ला विकास समितिको स्थलगत निरीक्षणको क्रममा दिनुभएको निर्देशनको आधारमा बेरुजु फछर्र्््योट नगर्ने १० जना सचिवलाई कारबाही गरिने भएको हो।
    बेरुजु फछर्््योट नगर्ने गाविसहरूमा उमाप्रेमपुर, भरतपुर, यज्ञभूमि, खजुरी चन्दा, तुल्सी, विसरमोरा, प्रकोमहुवा, सपही, नगराइन र दिगम्वरपुर रहेका छन्।
    ती गाविसका सचिवहरू क्रमशः भोगेन्द्र साह, रामदेव यादव, रमेशबहादुर राजलवट, जिवच्छचन्द्र मिश्र, रामदयाल महतो, सत्यनारायण यादव, तपेश्वर साह, जयनारायण ठाकुर र महेन्द्र सिंहले हालसम्म बेरुजु फछर्््योट नगरेकाले उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिविस धनुषाका सलेखापाल जीवनाथ चौधरीले बताउनुभयो।
    बेरुजु भएको चार करोड रुपैयाँमध्ये अधिकांश सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम रहेको जिविस स्रोतले बताएको छ। जिल्ला विकास समितिले बेरुजु फछर्््योट गर्न ती सचिवहरूलाई बारम्बार ताकेता गर्दा पनि नमानी अटेर गर्दै आइरहेको स्रोतको भनाइ छ।
    बेरुजु फछर्््योट नगर्ने ती सचिवलाई पहिलो चरणअन्तर्गत पत्र पठाई स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गरिने जनाइएको छ।