|
स्वर्गद्वारीको गुरुयोजना अलपत्र
प्युठान, ७ भदौ। पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारीलाई स्वर्ग बनाउन तयार पारिएको गुरुयोजना अलपत्र बनेको छ। नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभाग भौतिक निर्माण पूर्वाधार विकास आयोजनाले तीन वर्ष पहिले तयार पारेको स्वर्गद्वारी गुरुयोजना कार्यान्वयन नभएपछि अलपत्र परेको हो। जिल्लाको स्वर्गद्वारीको पर्यटन पूर्वाधार विकासका लागि तयार पारिएको स्वर्गद्वारी आश्रमको गुरुयोजना पर्यटन वर्ष सन् २०११ को अवसरमा कार्यान्वयन गर्ने भनिएको थियो। तीन चरणमा काम हुने गरी रु. ३४ करोड नौ लाख लागतको निर्माणसहितकोे १५ वर्षे स्वर्गद्वारी गुरुयोजना तयार पारिएको थियो। ग्राफिक्स नक्साङ्कनसमेत गरिएकोमा गुरुयोजना निर्माणपछि प्राथमिकताका आधारमा सरकारले बजेट नछुट्याएकाले गुरुयोजना कार्यान्वयन नहुँदै अलपत्र छ। |