September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

दक्षिण अफ्रिकामा इजरायली वस्तु बहिष्कार

 प्रिटोरिया, ७ भाद्र (प्रेसटीभी) दक्षिण अफ्रिकी सरकारले इजरायलले गैरकानुनी रुपमा कब्जा गरेको प्यालेष्टाइनी भूमिमा तयार गरेको वस्तु आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। इजरयली वस्तु बहिष्कारको जनलहरलाई सम्बोधन गर्दै सरकारले यस्तो निर्णय गरेको हो। 
    दक्षिण अफ्रिकी सरकारले बुधबार एक विज्ञप्ति जारी गरी इजरायलले अवैधानिक रुपमा नियन्त्रणमा राखेका पश्चिम किनार (ध्भकत द्यबलप) र जेरुसेलममा बनेका 'मेड इन इजरायल' लेबल लागेका वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको पुष्टि गरेको हो। 
    सरकार प्रवक्ता जिम्मा म्यानीले इजरायली वस्तुहरू अब 'इजरायल नियन्त्रित प्यालेष्टाइनी भू–भाग' मा बनेका होइनन्। भनी प्रमाणित गर्नुपर्ने बताउनुभयो। 
    गत मे महिनादेखि इजरायली सामान बहिष्कार गर्ने मानव अधिकारकर्मी र नागरिकहरूको अभियानको माग सम्बोधन गर्न सरकारले उक्त कदम चाल्नुपरेको बताइएको छ। 
    त्यसैगरी क्यानाडाको सबभन्दा ठूलो प्रोटेस्टेन्ट चर्चले पनि इजरायल नियन्त्रित पश्चिम किनारमा बनेका वस्तु बहिष्कार गर्न आह्वान गरेको छ। 
    क्यानाडाको युनाइटेड चर्च अफ क्यानाडाले अगष्ट १५ का दिन उक्त निर्णयसहितको नीति पत्र पारित गरेको हो। त्यसको दुई दिन अगाडि ओटावामा सम्पन्न ४१ औं जेनरल काउन्सिलले सोही प्रस्ताव पारित गरेको थियो।
    ती कदमले इजरायली सरकारले अवैधानिक रुपमा बलजफ्ती प्यालेष्टाईनी भू–भाग कब्जा गरी यहुदी बस्ती विस्तार गर्ने आफ्नो योजनालाई स्थगित गर्ने आशा गरिएको छ। 
    इजरायलले १९५६ को युद्ध पछाडि नियन्त्रण गरेका सबै भू–भागलाई संयुक्त राष्ट्रसङ्घ र धेरैजसो देशले गैरकानुनी मान्दै आएको छन्। 
    ती भू–भागमा जेनेभा महासन्धिविपरीत यहुदी बस्ती विस्तार गरिएका छन्। ती अवैध यहुदी वस्तीहरूमा थुप्रै उद्योगहरू स्थापना गरिएका छन्। श्रृङ्गार प्रावधान वियरजन्य वस्तु र प्लाष्टिक सामानहरूलगायत त्यहाँका उत्पादन विश्वका विभिन्न भागमा निर्यात हुने गर्दछन्।