September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

नाम सम्मेलनको निर्णयले शत्रुहरू आक्रोशित: अहमदिनेजाद

तेहरान, १६ भदौ (प्रेस टीभी)। इरानका राष्ट्रपति महमुद अहमदिनेजादले असंलग्न आन्दोलन (नाम) सम्मेलनद्वारा पारित प्रस्तावहरूले दुष्ट भावनाका विश्व शक्तिहरूलाई आक्रोशित तुल्याएको बताउनुभयो।
    शुक्रबार सियिाली प्रधानमन्त्री डा. वायल अल हल्कीसित भेटवार्ताका क्रममा अहमदिनेजादले १६ औं नाम सम्मेलन मानवीय उद्देश्य प्राप्तिको एउटा अवसर सावित भएको बताउनुभयो।
    सिरियाली सङ्कटबारे कुराकानी गर्दै इरानी सरकार प्रमुख अहमदिनेजादले जनताको अधिकारलाई अक्षुण्ण राख्नुपर्नेमा जोड दिंदै हिंसा अविलम्ब अन्त्य गरिनुपर्ने, कसैलाई पनि हिंसा भड्काउन बढावा दिन नहुने र समस्याको समाधान वार्ता र आपसी समझदारीका आधारमा गर्नुपर्ने बताउनुभयो।
    सिरियाली प्रधानमन्त्री हल्कीले १६ औं नाम सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा इरानलाई धन्यवाद दिंदै उक्त शिखर सम्मेलनले पारित गरेका प्रस्तावले सिरियाको राजनीतिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त 
गर्नुभयो। सिरियाली प्रधानमन्त्रीले सिरियामा भड्काइएको हिंसाले इजरायलविरुद्धको प्रतिरोध आन्दोलनमाथि तारो बनाएको बताउँदै सिरियामा राजनीतिक सुधारको प्रक्रिया निरन्तर अघि बढ्ने र सरकार लामो समयसम्म अस्थिरता कायम राख्ने पक्षमा नभएको बताउनुभयो।
    त्यसअघि सिरियाली प्रम अल हल्कीले इरानी उपराष्ट्रपति अली सायडलौसित पनि भेटवार्ता गर्नुभएको थियो।