September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

प्रत्येक शनिबार माहेश्वरीमा सरसफाइ


    भक्तपुर, १८ भदौ। माहेश्वरी घाट संरक्षण तथा टोल सुधार समितिले शनिबार माहेश्वरी घाट वरिपरि सरसफाइ कार्यक्रम गर्‍यो। माहेश्वरी घाटमा थप्रिएको बालुवा माटो झिकेको, भगवती मन्दिर, हनुमान मन्दिर र राम सीता मन्दिर तथा पीपलबोट परिसरको फोहर र बालुवा झिकेर सरसफाइ गरिएको हो।
    समितिले माहेश्वरी घाट र वरपरको टोलको वातावरण सफा राख्न प्रत्येक हप्ता शनिबारको दिन सरसफाइ गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।