|
क्रान्तिकारी डकर्मी एकाइ समिति गठन
भक्तपुर, ३१ भदौ। भक्तपुर नगरपालिका वडा नं. ५ मा आइतबार डकर्मी मजदुरहरूको भेला भयो। भेलामा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुरका अध्यक्ष राजकृष्ण गोराले मजदुरहरू वैचारिकरूपले सङ्गठित नभएसम्म आफ्नो हक हितको लागि काम गर्ननसक्ने बताउनुभयो। भेलामा डकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विष्णुराम दुमरू, उपाध्यक्ष विक्रम कासिछ्वा, शिक्षक गणेशराम थुसा, जननिर्वाचित वडाध्यक्ष कृष्णराम थुसा, कृष्णगोविन्द त्यात र गोपीकृष्ण चाँगुभारीले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो। डकर्मी सङ्घका कुमार कुम्पाखको सभापतित्वमा भएको सो भेलाले कृष्णगोविन्द त्यातको अध्यक्षतामा एघार सदस्यीय डकर्मी सङ्घ वडा नं. ५ एकाइ समिति गठन गर्यो। |