September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

रनिङ्ग शील्ड टेबलटेनिस सम्पन्न

भक्तपुर, १ असोज। भक्तपुर जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा भएको भक्तपुर जिल्ला व्यापी पाँचौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा तेस्रो अन्तर कलेज खुला टेबलटेनिस प्रतियोगिता सोमबार सम्पन्न भयो।  

जिल्लाका विभिन्न २० वटा विद्यालयहरूले ८ वटा विधामा ९० जना छात्र र २२ जना छात्राहरूको सहभागिता रहेको सो प्रतियोगिताको छात्रा १२ वर्ष मुनितर्फ द राइजिङ्ग स्कूलकी नियन्ता बनेपाली, उर्मी थुसा, युनिसा गाइँजू क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने हिमालयन ग्लोरी स्कूलकी रमा मातां तृतीय स्थानमा रहे। सोही विधाको छात्रतर्फ द राइजिङ्ग स्कूलका निकेश सुवाल प्रथम, न्यातपोल स्कूलका सन्तोष बोहरा द्वितीय र एभरेष्ट स्कूलका निरज बाइजू र उज्ज्वल दथेपुथे संयुक्तरूपमा तृतीय भए। 

त्यस्तै छात्रा १६ वर्ष मुनितर्फ निओलोजियन एकेडेमीकी सोनु थापामगर र रूवी बासुकला क्रमशः प्रथम र तृतीय भए एभरेष्ट स्कूलकी रेज्शा खोतेजा र रोमी दुवाल क्रमशः दोस्रो र तेस्रो भए भने सोही विधाको छात्रतर्फ एभरेष्ट इङ्गलिश स्कूलका सुमेध प्रधान प्रथम, निओलोजियन एकेडेमीका रविन साँद, कृष्ण थापामगर, रजोजमान थकु क्रमशः दोस्रो र तेस्रो भए। 

त्यसैगरी मिक्स डबल्सतर्फ निओलोजियन एकेडेमीका कृष्ण थापामगर र सोनु थापामगरको जोडी र रजोजमान थकू र रूवी बासुकलाको जोडी क्रमशः प्रथम र दोस्रो भए भने एभरेष्टकै सम्मान त्यात र रोमी दुवालको जोडी संयुक्तरूपमा तृतीय भए। छात्रा डबल्सतर्फ निओलोजियन एकेडेमीका कृष्ण थापामगर र रविन साँधको जोडी तथा रजोजमान थकू र रोनित कोइरालाको जोडी क्रमशः प्रथम र तृतीय भए भने एभरेष्टका सुमेध प्रधान र अनिश बस्नेतको जोडी र सम्मान त्यात र निरन बाइजूको जोडी क्रमशः द्वितीय र तृतीय स्थानमा रहे। छात्रा डबल्सतर्फ निओलोजियन एकेडेमीका सोनु थापामगर र रूवी बासुकलाको जोडी प्रथम, वासु उमाविका रितु अवाल र रसु नकर्मीको जोडी द्वितीय भए भने द राइजिङ्गका नियन्ता बनेपाली र दिपीता फैजूको जोडी संयुक्तरूपमा तृतीय भए। 

सो प्रतियोगिताको छात्र टीम इभेन्टतर्फ निओलोजियन एकेडेमी प्रथम, एभरेष्ट स्कूल द्वितीय, वासु उमावि र न्यातपोल स्कूल संयुक्तरूपमा तृतीय भए। 

कलेजको पुरूषतर्फ गिनिज इन्टरनेशनल उमाविका पियुष अवाल प्रथम, एलाइन्स एकेडेमीका प्रितम अवाल द्वितीय, अक्सब्रिज कलेजका विवेक कवां तथा राजिव चिकंबञ्जार (खुला) तृतीय भए भने महिलातर्फ ख्वप उमाविकी पल्पसा प्रजापति प्रथम, निकोल्सन उमाविकी लक्ष्मी पौडेल द्वितीय र निकोल्सनकै अनु पोखरेल र वागीश्वरी उमाविकी एलिजा प्रजापति संयुक्त रूपमा तृतीय भए। 

प्रतियोगितामा सूर्योदय स्कूलका सुजित मानन्धर, हिमालयन ग्लोरीका एनिश द्योपाला, पारागन एकेडेमीका मनिष प्रजापति तथा वासु उमाविकी सुमिता नकर्मी उदयमान खेलाडी घोषित भए भने ठजेसिस अनुशासित विद्यालय घोषित भए। त्यस्तै निओलोजियनका कृष्ण थापामगर र सोनु थापामगर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। ५ स्वर्ण, २ रजत र ४ कास्य पदक हासिल गर्दै निओलोजियन एकेडेमीले रनिङ्ग शील्ड दोस्रो पटक हात पार्‍यो भने २ स्वर्ण, १ रजत र २ कास्य पदक हासिल गर्दै द राइजिङ्ग द्वितीय भए भने एभरेष्ट १ स्वर्ण, ४ रजत र ७ कास्य पदक हासिल गर्दै तृतीय भए। 

विजयी खेलाडी तथा  

सहयोगी सङ्घ संस्था एवं व्यक्तित्वहरूलाई प्रमुख अतिथि नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्द राजवैद्यले ट्रफी, मेडल, प्रमाणपत्र एवं प्रशंसापत्र वितरण गर्नुभएको थियो।  

आयोजक समितिका अध्यक्ष प्रेमकृष्ण खर्बुजाको सभापतित्वमा भएको समारोहमा सहसचिव मुना बासुकला,  प्रतियोगिता संयोजक इन्द्रभक्त पञ्चलगायतले बोल्नुभएको थियो।